बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना,सतर्क रहन अनुरोध

बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना,सतर्क रहन अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मनसुनी वायुको सामान्य प्रभाव रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ ।यस्तै बागमती प्रदेशका एक,दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आज पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदिनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।