आजको मौसम कहाँ कस्तो रहला ? यस्तो छ पूर्वानुमान

आजको मौसम कहाँ कस्तो रहला ? यस्तो छ पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले सोमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मनसुनी वायुको प्रभावका कारण मुलुकभर   मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 अहिले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भैरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक,दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक,दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकाे छ।