काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।
बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।




प्रतिक्रिया