काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
दिउँसो प्रदेश १ काे पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ ।
बाँकी भूभागमा माैसम सामान्य रहनेछ । शुक्रबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।




प्रतिक्रिया