आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ? यस्तो छ मौसम पूर्वानुमान

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ? यस्तो छ मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १,बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको आँकलन पनि गरिएको छ । राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।