काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । बुधबार साँझ स्थानीय वायुका कारण उपत्यकामा वर्षा भएपनि आज भने माैसम सफा नै रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
शुक्रबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।




प्रतिक्रिया