आज पनि धेरै स्थानमा भारी वर्षाको सम्भावना

आज पनि धेरै स्थानमा भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।  आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

बिहान पनि बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना छ ।