काठमाण्डु – वि.सं.२०७८ साल साउन ११ गते । सोमबार । ईश्वी सन् २०२१ जुलाई २६ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय ०५ बजेर २५ मिनेट,सूर्यास्त १८ बजेर ५५ मिनेटमा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा नजिक हुने समय रहेकोछ । बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) जीवन साथीसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशी पार्न सकिनेछ भने प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउदै अगाडी बढ्न सकिनेछ । नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विषेश पद पाउने समय रहेकोछ । गन्तव्य पहिल्याउदै अगाडी बढ्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेकोछ । आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउदै एक दुई कदम अगाडी बढ्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेम प्रशङमा रमाउने समय रहेकोछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धोका हुनेछ । परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारी साधन तथा घरजग्गामा गरीएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।




प्रतिक्रिया