काठमाण्डु – वि.सं. २०७७ साल फाल्गुन ०९ गते । आइतबार । इस्व सन् २०२१ फेब्रुअरी २१ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ३८ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त तथा सहयोगीको साथ पाइने हुनाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) सामान्य आँखासम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । तर पनि विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । यात्राको अधिक सम्भावना रहेको छ भने विदेशी संस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेको छ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) पैत्रिक धन तथा सम्पत्ति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउन सकिनेछ । पढाइलेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । माया प्रेममा सामीप्यता बढेर जाने योग रहेको छ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) बुवा तथा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरुले तपाईंकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइलेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेको छ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्य धन कमाउन सक्नेछन् ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) सहयोग गर्नेभन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर गई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) विवादित विषयहरुको निर्णय तपाईं आफ्नै पक्षमा आउँने हुनाले खुशीले उचाइ नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेको छ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) लामो तथा रमाइलो यात्रा हुनेहुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) राजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेको छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्तसँग टाडिएर लामो दूरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) माया प्रेममा रमाउन चाहानेहरुका लागि समय राम्रो रहेको छ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेको छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाइलो यात्रा हुनेछ ।




प्रतिक्रिया