काठमाण्डु – विसं २०७८ साल जेठ ०१ गते शनिबार । इस्वी सन् २०२१ मे १५ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्याेदय बिहान ०५ बजेर १८ मिनेटमा, सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।
बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सामान्य आँखासम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण काम आज नै फत्ते गर्नु उचित हुनेछ । मायाप्रेममा विश्वासको वातावरण बढ्नेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) माया प्रेममा एकअर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिँड्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) माया प्रेममा तिक्तता आउने तथा दाम्पत्य जीवनमा एकअर्कालाई शङ्काको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला, काम बिग्रन सक्छ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) माया प्रेममा सामीप्यता बढेर जानेछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । विद्यामा तपाईंले गरेको मिहिनेत खेर जानेछैन ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) मायाप्रेममा सामीप्यता बढेर जानेछ भने घरपरिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) विद्या तथा प्रतिस्पर्धामा तपाईं अरूभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यू) सेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धनसम्पत्ति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्य लाभ लिन सकिनेछ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) सत्रु तथा प्रतिस्पर्धीलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । मायाप्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपाईंको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा) राजनीति तथा समाज सेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीहरूलार्ई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । विद्यार्थी वर्गहरूले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् ।




प्रतिक्रिया