काठमाण्डु – विसं २०७८ साल असार ०३ गते । बिहीबार । इस्वी सन् २०२१ जुन १७ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) विभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अग्र स्थानमा तपार्ईंको नाम आउनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को हा) विद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला । राजनीति तथा समाजसेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दूरीको यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुने छैन ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) स्वास्थ्यसम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । वादविवाद तथा प्रतिस्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागी भई बयान दिँदा हारिने सम्भावना रहेको छ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) पतिपत्नीबीच विश्वासको वातावरण बढ्ने तथा माया प्रेममा सामीप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईंले गरेका काममा सहयोग प्राप्त हुनेछ । पढाइलेखाइमा सफलता हात लाग्ने योग रहेको छ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) माया प्रेममा आत्मीयता बढ्नेछ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिँदैन । सामाजिक काम समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्य रुपैयाँ पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ ।मायाप्रेममा अविश्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । तर पनि दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।




प्रतिक्रिया