काठमाण्डु – वि.सं.२०७८ साल साउन ०९ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई २४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय ०५ बजेर २४ मिनेट,सूर्यास्त १८ बजेर ५४ मिनेटमा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी पर्दापनि आम्दानी थोरै हुनेछ । विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगती गरी नाम कमाउन सकिनेछ भने बैकिङ क्षेत्रको लगानी बाट भनेजस्तो आम्दानी हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको गतिलो उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आकस्मिक धन तथा सम्पती लाभ हुनेयोग रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइ तथा यस्तै क्रियाकलापमा राम्रो मिहिनेत गरेमात्र परिणाम आफ्नो पक्षमा पार्न सकिनेछ । आफन्त तथा आमासँगको सम्बन्ध सुधार गर्दै अगाढि बढ्न सके फाइदा हुने योग रहेकोछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपार्ईँको लवाई खुवाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीच विश्वासको वातावरण बढ्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेमको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धर्ममा मन जानेछ भने छोटो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा थोरै समय दिएपनि प्रशस्त आम्दानी हुनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो कसिलो भएर जानेछ ।




प्रतिक्रिया