आज तपाईँको दिन कस्तो रहनेछ ? यसो भन्छ भाग्यफल

आज तपाईँको दिन कस्तो रहनेछ ? यसो भन्छ भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं. २०७७ साल मंसिर २८ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर १३ तारिख । नेपाल संवत् ११४१। काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ, ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला, तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागी राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेको छ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिँड्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला, काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाइ तथा छिमेकी हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुनसक्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन, कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । लामो समय लगाएर गरिएको कामको नतिजा तपाईंको पक्षमा नआउने हुनाले मन दुःखी हुनेछ ।  प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेको छ भने आफन्तसँग नै मनमुटाव बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ, ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला, तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  व्यापार व्यावसायमा लगानी गरेपनि भनेजस्तो आम्दानी नहुँदा मन दुःखी हुनेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाईलो महसुस हुनेछ । राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । तरपनि कृषी तथा सहकारी व्यवसायबाट मनग्गे लाभ लिन सकिने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत सङ्गीतमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ ।