काठमाण्डु – विसं. २०७७ साल माघ ०७ गते । बुधबार । ईश्वी सन् २०२१ जनवरी २० तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । रचानात्मक तथा कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मायाप्रेमको बन्धन कसिलो हुनुका साथै दाम्पत्य जीवन सुखी हुनेछ । मध्यान्हबाट लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । तरपनि स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा खर्चालु समय रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट दिगो फाइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विशेष गरी हाईड्रोपावर, पानी तथा औषधीसँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइबाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानी गरी मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै प्रगती पथमा अगाडि बढ्न सकिनेछ ।कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागी राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेको छ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिँड्न सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेको छ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यकताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा वंश वृद्धिको गतिलो योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो दुरीको व्यावसायिक यात्रा तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आँट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा बढोत्तरीको योग रहेको छ भने नयाँ व्यवसाय सुरु गर्न सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।




प्रतिक्रिया