तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस भाग्यफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं.२०७७ साल मंसिर २३ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर ०८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवन साथीसँग अबिश्वास बढ्ने हुँदा कामहरु प्रभावित हुने योग रहेको छ । व्यावसायमा तत्काल ठूलो लगानी नगर्नुहोला, लगानी फस्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउनेछ भने पढाइ लेखाइमा कमजोरीको महसुष हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बुवा तथा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरुले तपाईकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । साँझपख लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भइ प्रतिस्पर्धीहरुलाई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । साँझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)   राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेको छ । विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन लोभ्याउन सकिनेछ । आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरी यथेष्ट लाभ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईंको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विद्यार्थीहरुले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवार तथा आफन्तहरु तपाईंको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । साँझपख कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  परिवार तथा आफन्तजन तपाईंदेखि टाढिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । साँझपख समय राम्रो रहेकोले कीर्तिमानी काम गरी नाम कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेको छ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् । बुवा तथा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरुले तपाईकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउँदा राम्रो कमाई हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पती लाभ हुने समय रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)लामो दुरीको परदेशको यात्रा भएपनि यात्राका क्रममा विभिन्न समस्याहरु देखा पर्नेछन् ।सवारी साधन तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्ययम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरीरका थप उर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनीक क्षेत्रमा तपाईंको बर्चस्व कायम रहने छ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । साँझपख व्यापारमा मन्दि आउनेछ ।