आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइँदै

आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस । हरेक वर्ष १४ फेब्रुअरीका दिन आज नेपालसहित विश्वभर प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने गरिन्छ । आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने गरिन्छ ।

विशेषगरी युवावर्गले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको छ ।

भ्यालेन्टाइन डेको सुरुआत ईस्वी सम्वत् २६९ मा भएकोे मानिन्छ । एक सम्राटले सैनिकहरू नारीसँगको सम्बन्धका कारण कमजोर हुने भन्दै प्रेम र बिबाहमा रोक लगाएका थिए ।

तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे । आफ्नै अभियान विरूद्धको गतिविधि सैह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए । झुण्ड्याइनुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए ।

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । त्यही दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ ।यो समय आफ्नो प्रेम जाहेर गर्ने उपयुक्त मौका हो। धेरै युवा–युवतीले भ्यालेन्टाइन डेलाई आफ्नो प्रेम व्यक्त गर्ने मौसमका रुपमा बुझ्छन्।