काठमाण्डु – विसं २०७८ साल जेठ २० गते बिहीबार । इस्वी सन् २०२१ जुन ०३ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५४ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) मायाप्रेममा अरूकै नकारात्मक टीकाटिप्पणीले मनमुटाव बढ्ने योग छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग छ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मीयताको विकास हुनेछ भने घरपरिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) मायाप्रेम तथा पतिपत्नीबीच केही विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । मायाप्रेममा सामीप्यता बढेर जाने तथा पतिपत्नीबीच विश्वासको वातावरण बढ्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्य आम्दानी गर्न सकिनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) न्यायलयबाट हुने न्यायिक निर्णय तपाईंकै पक्षमा हुनेछन् । प्रेममा सामीप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्यसम्बन्धी समस्या हल भएर जानेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) पढाइ लेखाइमा सुधार भएर जानेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । न
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) रोकिएर बसेका काम सजिलै सम्पादन गर्न सकिनेछ । विद्यार्थीहरूले आफ्नो प्रतिस्पर्धीहरूलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) मायाप्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । साँझपख समय मध्ययम रहेकाले घर जग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेको छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्तसँग टाढिएर लामो दूरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण काम समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) विद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हातलागी हुने प्रशस्त सम्भावना छ ।




प्रतिक्रिया