काठमाण्डु- सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै इस्लाम धर्मालम्बीहरूले मनाउने बक्र इद (ईद उल अजहा) को अवसरमा बुधबार सार्वजनिक विदा दिइएको जनाएको छ ।
बुधबार देशभरका सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगहरूमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक विदा दिइएको मन्त्रालयले जानकारी दिएको छ ।





प्रतिक्रिया