काठमाण्डु– केन्द्रीय कारागार सुन्धाराबाट पनि कैदीबन्दीहरु भागेका छन् । भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका नेता टोपबहादुर रायमाझी पनि रहेका छन्
कारागारमा रहेका ३ हजार ८०० बढी कैदीमध्ये अहिले ५ सय हाराहारी कैदीमात्रै कारागारमा रहेको बताइएको छ।
रायमाझीसँगै पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि भागेका छन्।
कैदीबन्दीहरुले हिजो रातिदेखि होहल्ला र तोडफोड सुरु गरेपछि प्रहरीहरु कारागार छोडेर हिँडेका थिए । त्यसपछि कैदीहरु पनि भाग्न थाले । अधिकांस कैदीभागेपछि सेना आएको थियो । अहिले सेनाले कारागारलाई नियन्त्रणमा लिएको छ ।
नक्खु कारागारबाट रवि लामिछानेसहित सबै कैदी बाहिर निस्किएको थाहा पाएपछि सुनधारा कारागारमा पनि कैदीले प्रदर्शन थालेका थिए।
भागेका केही कैदीबन्दीहरुलाई फर्काइएको सैनिक स्रोतले बतायो ।




प्रतिक्रिया