नर्दन टेरिटोरीले नेपाललाई दियो १७८ रनको लक्ष्य

नर्दन टेरिटोरीले नेपाललाई दियो १७८ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाललाई घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकले १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नर्दन टेरिटोरीले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको हो ।

नर्दन टेरिटोरीका लागि ओपनर डिआर्सी सर्टले सर्वाधिक ५१ रन बनाए । ३४ बलमा ७ चौका र एक छक्का प्रहार गरेका उनलाई सन्दीप लामिछानेले बोल्ड गरे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा साहव आलमले २ विकेट लिए । रुपेश सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले समान एक विकेट हात पारे ।