काठमाण्डु – नक्कली शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन्।
संसद सचिवालय स्रोतका अनुसार उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै पत्र पठाएका हुन्। तर उनको पत्र दर्ता भने गरिएको छैन । एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरिसकेकाे छ ।




प्रतिक्रिया