एमाले सचिव टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराईदै

एमाले सचिव टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराईदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार राति पक्राउ परेका नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईँदैछ।

रायमाझीलाई म्याद थपका लागि अदालत लगिने काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार राति बुढानिलकण्ठवाट पक्राउ परेका थिए ।

पक्राउ पछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा राखिएकाे थियाे ।