काठमाण्डु -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयां जनादेशको लागि चुनावमा जाने घोषणा गर्दै मिति तोकेको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता रायमाझीले सरकारलाई बरु प्रमुख प्रतिपक्षी दलबाट समेत असहयोग नभएको अवस्थामा नेकपाकै केही साथीहरुले हातखुट्टा बांध्ने काम गरेको गम्भीर आरोप लगाए ।
उनले भने–‘हाम्रो पार्टीमा चर्को विवाद सिर्जना भयो । मुख्यगरि प्रधानमन्त्री ओलीलाई काम गर्ने वातावरण भएन् । हातखुट्टा बांध्ने काम भयो । उहांलाई काम गर्न नदिने स्थिति भयो । प्रचण्डबाट अविश्वासको प्रस्ताव ३० गते ल्याईयो, प्रतिपक्षीले त्योसम्मको हर्कत बरु भएन् । सरकार पक्षबाटै नेताहरुबाट, विशेष अधिवेशनमार्फत अविश्वासको प्रस्ताव अघि बढाएपछि, एकातिर काम गरेन भन्ने अर्कोतिर अविश्वासको प्रस्तावमा जाने कुरा भयो । यो गलत काम भएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । यो उहांको बाध्यात्मक कदम हो ।’
नेता रायामाझीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार भएको दावी गरे । उनले कुनैपनि हालतमा संसद पूनस्र्पाना नहुने जिकिर गरे । रायमाझीले तोकिएकै मितिमा चुनाव सम्पन्न हुनेपनि विश्वास दिलाए ।




प्रतिक्रिया