टोपबहादुर रायमाझीका छोरालाई काठमाडौं ल्याइँदै,आजै अदालतमा पेश गरिने

टोपबहादुर रायमाझीका छोरालाई काठमाडौं ल्याइँदै,आजै अदालतमा पेश गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आरोपमा बुधबार बुटवलबाट पक्राउ परेका पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज काठमाडौं ल्याउन लागिएकाे छ। सन्दीपलाई आजै अदालतमा पेश गरिनेछ ।

हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन्। ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।

उनीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ। बुधबार नै प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो।

यही प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ।