एमाले सांसद रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित

एमाले सांसद रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।

रायमाझी नेकपा एमालेबाट अर्घाखाँचीबाट विजयी भएका थिए। रायमाझीलाई प्रहरीले आइतबार बेलुकी बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो। एमाले सचिव समेत रहेका रायमाझीलाई पार्टीले यसअघि नै निलम्बन गरेको थियो।