टप एण्ड टी–२० शृङ्खला : नेपालले आज पाकिस्तान साहिन्ससँग खेल्दै

टप एण्ड टी–२० शृङ्खला : नेपालले आज पाकिस्तान साहिन्ससँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अस्ट्रेलियामा जारी टप एण्ड टी–२० शृङ्खलामा आफ्नो छैटौं खेलमा नेपालले शुक्रबार पाकिस्तान साहिन्ससँग खेल्दैछ । खेल डार्बिनमा नेपाली समयअनुसार सवा ३ बजे शुरु हुनेछ ।

शृङ्खलामा नेपालले दुई खेल जितेको छ । शुरूका लगातार तीन खेलमा हारेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई र पाँचौ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमी हराएको थियो ।

नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश एसँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्नेछन् । टप इण्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप इण्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।