पूर्वमन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपलाई पक्राउ गर्ने प्रहरीको तयारी


काठमाण्डु- मानव तस्करीको आरोपमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पनि पक्राउ गर्ने तयारी भएको छ । बुधबार प्रहरीले मानव तस्करीको आरोपमा पूर्वमन्त्री तथा एमालेका नेता टोपबहादुर र उनका छोरा सन्दीप रायमाझीलाई पनि पक्राउ गर्ने तयारी गरेको हो ।

काठमाण्डु प्रहरी परिसरले रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालत काठमाण्डुलाई पत्र पठाएको थियो । काठमाण्डु प्रहरी परिसरको पत्रपछि जिल्ला अदालत काठमाण्डुले टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

पक्राउ पुर्जी जारी भएपछि प्रहरीले रायमाझी र उनका छोरालाई पक्राउ गर्ने तयारी गरेको हो । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा मंगलबार अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै सोही प्रकरणमा आज मात्रै उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ परेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गरेको घटनाकाे संलग्नता टोपबहादुर र उनका छोरा सन्दीपको नाम समेत जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement