काठमाण्डु- नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गरिनुपर्ने बताएका छन् ।
बुधबार एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि समाजिक सञ्जाल फेसबुकमार्फत उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित भएको बताएका हुन् । त्यस्तै नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषिलाई काबारही गर्न दलहरु एक हुनुपर्ने उनको भनाइ छ ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित छ । नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषिलाई कारवाही गर्न दलहरु एक हुनुपर्दछ । एमाले, काँग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारवाही गर्नु पर्दछ ।’, उनले फेसबुकमार्फत भनेका छन् ।




प्रतिक्रिया