काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले थुनामा नै बस्नुपर्ने भएको छ ।
उच्च अदालत पाटनले शुक्रबार आदेश गर्दै जिल्ला अदालतकै निर्णय यथावत् राखेको छ । जिल्ला अदालतले टोपबहादुरलाई थुनामा राख्न आदेश गरेको थियो ।
उनका छोरा सन्दीप रायमाझी भने धरौटीमा छुट्ने भएका छन् । उच्च अदालत पाटनले सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अभियोग दाबीबाट कसूर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको छ ।




प्रतिक्रिया