प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर बने : टोपबहादुर रायमाझी

प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर बने : टोपबहादुर रायमाझी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन् । बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले आफ्नो स्वार्थ र पदप्रतिष्ठाका लागि प्रचण्ड र माधवले कम्युनिस्ट पार्टी फुटाएर कांग्रेसको पुच्छर बनेको आरोप लगाएका हुन् ।

‘व्यक्ति स्वार्थमा पार्टी एकतालाई पद प्रतिष्ठाका लागि उपयोग गरे । फुटाउने कुचेष्टा गरे । ओलीको नेतृत्वमा एकता जोगाउन पहल र्गयौं । तर उहाँहरु नेकपाबाट भाग्नुभयो । आफ्नो आफ्नो कोठातिर लाग्नुभयो । नयाँ उद्देश्य राखेर गएको होइन । गलत गर्नुभयो,’ उनले भने । पहिला ५ वर्षका लागि केपी ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको पछि आफ्नो स्वार्थपूर्ति नहुने भएपछि पटक पटक अपदस्त गर्न खोजेको भन्दै रायमाझीले केही गर्दा पनि नसकेपछि प्रतिपक्षीको शरणमा पुगेको टिप्पणी गरे ।

‘प्रतिपक्षी नेता बोकेर पुच्छर बनेर हिँडे । काम गर्न नदिने, संसद विघटन गर्दा प्रतिगमन भन्ने?’ उनले प्रश्न गरे, ‘संसद पुनस्र्थापनापछि ओली नै आउँछ भनेर देशी विदेशी प्रतिक्रियावादी लागेर जनादेशको विरुद्धमा परमादेश आयो । पुरै डिजाइनमा देशपारिमात्र होइन समुद्र पार गरेर रेटेर ह्विप नलाग्ने भनियो ।’

रायमाझीले प्रचण्ड र माधवले गद्दारी गरेको आरोप लगाए । कम्युनिष्ट आन्दोलनप्रति गद्दारी गरेर, कांग्रेसको पुच्छर बनेर सरकार बनाए पनि अझै आफ्नै बलमा उभिन नसकेको उनको टिप्पणी थियो ।