टोर्नाडो प्रभावितका घर बनाउन सेनालाई साढे ८४ करोड निकासा

टोर्नाडो प्रभावितका घर बनाउन सेनालाई साढे ८४ करोड निकासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गत चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडो नामक हावाहुरीले भत्काएका घर निर्माणका लागि नेपाली सेनालाई रकम निकासा गरेको छ।

१० वैशाखको मन्त्रिपरिषद् बैठकले १४ सय ५३ वटा घर निर्माणका लागि ८४ करोड ६८ लाख रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार बर्खा अगाडि नै घर निर्माण गरिनेछ। सरकारले छुट्याएको रकम अनुसार सेनाले एउटा घर बराबर ५ लाख ८२ हजार ८ सय रुपैयाँ पाएको छ ।

यसअघि चैत २१ गतेको मन्त्रिपरिषद बैठकले घर निर्माणको जिम्मा सेनालाई दिएको थियो।

विनाशकारी टाेर्नाडाेका कारणा २८ जनाकाे ज्यान गएकाे थियाे।