काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीले ललितपुर क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने उद्घोष गरेकी छन् ।
पार्टी छोड्ने हल्ला चलिरहेकाबीच कार्कीले भ्रमपूर्ण हल्लाको पछि नलाग्न आग्रह गर्दै आफू ललितपुर क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने बताएकी हुन् ।
उनले पार्टीप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएकी हुन् ।
कार्कीले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमा लेखेकी छन्, ‘रास्वपालाई वैकल्पिक होइन, मूलधारको मध्यमार्गी नेतृत्व गर्ने बहुमतसहितको बृहत पार्टी बनाउन सुरुवातदेखि नै लागेकी छु। मैले दुःख गरेको, राजनीति शुरु गरेको र सपना देखेको पार्टी हो, मलाई माया लाग्छ।’
उनले पार्टी सुदृढ, विस्तारित, अब्बल र लोकतान्त्रिक बनाउन निरन्तर प्रयास गरिरहेको बताउँदै ६० जिल्ला तथा विदेशमा प्रवास विभाग गठनमा भूमिका निर्वाह गरेको उल्लेख गरेकी छन् ।





प्रतिक्रिया