काठमाण्डु – ललितपुर क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म एमालेको अग्रता कायमै छ । एमाले उम्मेदवार अमृत खड्काले ७८४ मतसहित अग्रस्थानमा छन् ।
उनलाई सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसालले पछ्याइरहेकी छन् । सुरुवातदेखि तेस्रो रहेकी भुसाल पछिल्लो नतिजामा ६९४ मतसहित दोस्रो स्थानमा उक्लिएकी छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ६७३ मत पाएकी छन् ।




प्रतिक्रिया