काठमाण्डु- सांसद् डा. तोसिमा कार्कीले बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्ट प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् ।
बुधबार संसद्मा बोल्दै सांसद कार्कीले स्थानीयको स्वीकृत बेगर नक्सापास बिनै भवन निर्माण भइरहेकाले संसदीय समिति बनाएर छानविनको माग गरेकी हुन् ।
‘वरपरका घरहरूमा पूर्णरुपमा क्षति पुगेको छ। भाँसिने चर्किने क्रम जारी छ । स्थानीयले पटकपटक उजुरी दिएपनि कारबाही हुन सकेको छैन ।’, उनले भनिन् ।
उनले अपार्टमेन्ट निर्माण प्रक्रियाको बैधानिकता खोज्नुपर्ने माग समेत गरिन् । कार्कीले गत शनिबार बिहान भासिएका घरहरूको निरीक्षण गरेकी थिइन । उनले निरीक्षण गरिसकेपछि स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन् ।
उनले स्थानीयलाई भासिएको घरमा नबस्न र सुरक्षित ठाउँमा सर्न पर्ने उनकाे माग थियाे । त्यसका लागि आफूले पनि सकेको सहयोग गर्ने उनले बताइन् । डलर अर्बपति तथा सांसद विनोद चौधरीको निर्माणाधीन अपार्टमेण्डका कारण वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइतेसमेत भएका थिए।




प्रतिक्रिया