के तोषिमा कार्की स्वास्थ्यमन्त्री बन्दैछिन् ?

के तोषिमा कार्की स्वास्थ्यमन्त्री बन्दैछिन् ?

डा. कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्यमन्त्री बनाउने सम्भावना प्रबल


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको एमाले नेतृत्वको गठबन्धन सरकारमा राष्ट्रिय स्वतन्त्र पाटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दावी गरेसँगै चिकित्सक स्वास्थ्यमन्त्री पाउने सम्भावना बढेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा स्वास्थ्य मन्त्रालय पर्ने सम्भावना प्रबल बनेपछि ललितपुर ३ बाट भारती मतका साथ प्रत्यक्ष निर्वाचित डा. तोषिमा कार्की स्वास्थ्यमन्त्री बन्ने सम्भावना उच्च बनेको छ ।

डा. कार्कीले आफू युवा र प्रत्यक्ष चुनाव जितेकाले मन्त्री हुनुपर्ने बलियो दावी सभापति रवि लामिछानेसँग राखेकी छन् । डा.तोषिमाले स्वास्थ्य प्रणालीमा सुधारलाई प्रमुख एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएकी थिइन् ।

उनी चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको आन्दोलनदेखि चर्चामा आएकी हुन् । उनले नेपाल मेडिकल काउन्सिलको सदस्यमा पनि पपुलर मत ल्याएर चुनाव जितेकी थिइन् । ४ मंसिरमा भएको प्रतिनधीसभामा डा. कार्कीले हेविवेट उम्मेदवार निवर्तमान उर्जामन्त्री तथा माओवादी केन्द्रकी प्रभावशाली नेतृ पम्फा भुसाललाई पराजित गरेर ललितपुर ३ नं. क्षेत्रबाट विजयी भएकी थिइन् ।

हेविवेट उम्मेदवारलाई पराजित गरेका कारण पनि सभापति लामिछानेलाई डा. कार्कीलाई मन्त्री बनाउनै पर्ने दबाब छ । रवि स्वयंमले युवाका पक्षमा बलियो मत प्रकट गर्दै आएकाले पनि डा. कार्कीको सम्भावना बढेको हो ।