डा. तोसिमा कार्कीको माग : शिक्षा तथा स्वास्थ्य समितिको आकस्मिक बैठक बोलाइयोस्


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले डाक्टरहरू कुटिएको विषयमा छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आकस्मिक बैठक बोलाउन माग गरेकी छन् ।

मंगलबार समितिका सभापतिलाई पत्र लेख्दै सांसद कार्कीले विशेष ध्यानाकर्षणसहित आकस्मिक बैठक बोलाउन माग गरिन् ।

हेटौंडा अस्पताल, लमजुङ अस्पताल, कोशी अस्पताल, मणिपाल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कञ्चनपुरको प्राथमिक स्वास्थ्य केन्द्र, चितवनको बगौडा अस्पताल लगायत थुप्रै स्वास्थ्य संस्थाहरूमा हुलहुज्जत र हातपातका घटना भएकाले छलफल गर्नुपर्ने भएको उनले बताएकी छन् ।

सांघातिक आक्रमण र भिडन्तले स्वास्थ्यकर्मी मात्र नभई उपचाररत बिरामीको उपचारमा समेत क्षति पुगेको उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement