काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा. तोसिमा कार्कीलाई चुनावी अभियानमा घण्टी नबजाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
घण्टी बजाउँदा ध्वनि प्रदूषण हुने भएको चुनावी प्रचारमा घण्टी नबजाउन आयोगले डा. तोसिमालाई निर्देशन दिएको हो । आयोगको आचारसंहिता अनुगमन समितिले आफूलाई फोनमार्फत सो निर्देशन दिएको उनले बताएकी छन् ।
कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन्। निर्वाचन आचारसंहिता २०७९ अनुसार ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन
चिन्ह वा झण्डा अंकित लोगो, कपडा, टोपी, टि सर्ट, मास्क वा लकेट वा झोला बोक्न नहुनेु उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले प्रचारप्रसारको क्रममा आफ्नो चुनाव चिन्ह घण्टी लिएर बजाउदै हिड्ने गरेका थिए ।
सर्वदलिय बैठकको क्रममा केही दलका प्रतिनिधिहरुले उक्त पार्टीले घण्टी बजाउँदै आचारसंहिताको उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराएको जनाएको छ ।




प्रतिक्रिया