टोटनह्यामका प्रशिक्षक माउरिसियो बर्खास्त


काठमाडौं – इंग्लीस क्लब टोटनह्यामका प्रशिक्षक बर्खास्त भएका छन् । प्रिमियर लिगमा टोटनह्यामले लगातार खराब प्रदर्शन गरेपछि क्लबले प्रशिक्षक माउरिसियो पोचिटिनोलाई बर्खास्त गरेको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै क्लबले माउरिसियोलाई बर्खास्त गरेको जानकारी दिएको हो ।

हाल टोटनह्याम लिगको १४औं स्थानमा छ । बीबीसी स्पोर्ट्सका अनुसार अब टोटनह्यामको सम्भावित प्रशिक्षक जोसे मोरिन्हो हुन् । गत सिजन म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएका मोरिन्हो हालसम्म कुनै पनि क्लबमा आवद्ध भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement