काठमाण्डु- पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी गणपतिलाल श्रेष्ठलाई दिने पक्का भएको छ। श्रेष्ठ युवा सम्पदा अभियन्ता हुन्। उनले हनुमानढोका दरबार, नारायणहिटी दरबार, रानीपोखरी लगायत काठमाडौँ उपत्यकाका ऐतिहासिक सम्पदाको संरक्षणमा विशेष भूमिका खेलेका छन्।
श्रेष्ठलाई आइतबार नै मन्त्री नियुक्त गर्ने तयारी भएको छ। काठमाडौँ निवासी श्रेष्ठलाई प्रधानमन्त्री सुसीला कार्कीले अन्य तीन जनासहित मन्त्रिपरिषद्मा समावेश गर्ने तयारी गरेको निकट स्रोतले जानकारी दिएको छ।




प्रतिक्रिया