तोकिएको समयभित्र विमानस्थलको काम सके सम्मान गछौं : पर्यटनमन्त्री भट्टराई

तोकिएको समयभित्र विमानस्थलको काम सके सम्मान गछौं : पर्यटनमन्त्री भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थलको काम समयअघि नै सके निर्माण कम्पनीलाई सम्मान गर्ने बताएका छन् ।

पोखरास्थित निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सीएएमसीका आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थलको करिब ४५ प्रतिशत काम सकिएको र तोकिएकोभन्दा ६ महिनाअघि काम सक्ने जानकारी दिएपछि निरिक्षणका क्रममा मन्त्री भट्टराईले समयअघि नै काम सके निर्माण कम्पनीको सम्मानमा पोखरामा रथयात्रा नै गराउने उद्घोष गरे ।

गण्डकी प्रदेशकै पर्यटनको विकासमा उक्त विमानस्थल महत्वपूर्ण रहेको भन्दै मन्त्री भट्टराईले विमानस्थल निर्माण भएसँगै यस क्षेत्रको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशलाई बाहिरी विश्वसँग जोड्ने र यो क्षेत्रको पर्यटन प्रवद्र्धनको आधार मानिएको विमानस्थल निर्माण जोडतोडले भइरहेको छ । निर्माण सुरु भएको १९ महिनामै यसको धावनमार्ग बनिसकेको छ । विमानस्थल सन् २०११ को जुलाई १० मा सक्ने लक्ष्य राखिएको छ ।