म प्रतिको विश्वास र भरोसा कहीँ कतै टुट्न दिने छैन : योगेश भट्टराई

म प्रतिको विश्वास र भरोसा कहीँ कतै टुट्न दिने छैन : योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बधाई तथा शुभकामना ग्रहणका लागि समय नछुट्टयाउने भएका छन् ।

सोमबार सामाजिक सञ्जालमा मन्त्री भट्टराईले मन्त्रालयको कार्यव्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाईका लागि समय उपलव्ध गराउन कठिनाइ हुने बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यहाँहरूले मप्रति देखाउनु भएको भरोसा र विश्वास कहीँ कतै टुट्न नदिने र यहाँहरू सवैको सल्लाह र सुझाव लिएर लक्ष्य प्राप्तिमा क्रियाशिल रहने विश्वास दिलाउन चाहन्छु । शुभकामना र बधाई दिने क्रममा सार्वजनिक भएका केही तस्बिरहरूलाई लिएर मप्रति अन्यथा नवुझिदिनहुन सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु,मन्त्रालयको कार्यव्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाईका लागि समय उपलव्ध गराउन कठिनाई हुने कुरा सविनय अनुरोध गर्दछु ।”