महालेखा परीक्षकमा पूर्व अर्थसचिव राय सिफारिस

महालेखा परीक्षकमा पूर्व अर्थसचिव राय सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो ।

संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

राय अहिले राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको भूमिकामा छन्। विष्णु पौडेल अर्थमन्त्री भएको बेला उनी अर्थसचिव थिए। त्यसअघि उनले राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिवको जिम्मेवारी निभाएका थिए।