काठमाण्डु – ट्राफिक प्रहरीले सर्वसाधारण पुरुषमाथि भएको कुटपिट तथा दुव्र्यवहारको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संलग्न प्रहरीलाई जिम्मेवारीमुक्त गरेको छ ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले भिडियो सार्वजनिक भएपछि घटनामा संलग्न ४ जना ट्राफिक प्रहरीलाई तत्काल जिम्मेवारीबाट हटाएको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार घटना गत मंसिर २३ गते सुन्धारास्थित आकाशे पुलको छेउमा भएको हो । ‘उनीहरूलाई जनसेवाको जिम्मेवारीबाट हटाई कार्यालयमै झिकाइएको छ । हाल घटनाबारे थप छानबिन तथा अनुसन्धान भइरहेको छ,’ काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपक गिरीले भने ।
प्रतिक्रिया