ट्राफिक प्रहरीद्वारा चोरी भएका २० वटा दुईपांग्रे सवारीसाधन हस्तान्तरण

ट्राफिक प्रहरीद्वारा चोरी भएका २० वटा दुईपांग्रे सवारीसाधन हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न मितिमा चोरी भएका २० वटा दुईपांग्रे सवारीसाधन फेला पारी ट्राफिक प्रहरीले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर गरी २० वटा सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाण्डु उपत्यकाको नरेफाँट, मिलनचोक, सुन्दरीजल, चाबहिल, मध्यबानेश्वर, मालीगाउँ, काँडाघारी, कालीमाटी, अनामनगर, सिंहदरबार, नेपालटार, नयाँबसपार्क, बसुन्धारा र थली लगायतका स्थानबाट ती सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको छ ।