काठमाण्डु – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५५औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आईतबार आयोजित कार्यक्रममा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले तालिम उद्घाटन गर्दै प्रशिक्षार्थीहरूले उत्सुक, अनुशासित तथा जागरूक भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४५ जना गरी कुल ४८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।




प्रतिक्रिया