ट्राफिकलाई पाँच हजार घुस दिन खोज्ने पक्राउ

ट्राफिकलाई पाँच हजार घुस दिन खोज्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरि नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठ रहेका छन् ।

मादक पदार्थ सेवन गरी सवारी चलाएका श्रेष्ठले आइतबार राति कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई आफूलाई छाडिदिन आग्रह गर्दै पाँच हजार घुस दिएका थिए ।

कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई कानुनविपरीत आर्थिक प्रलोभनमा पार्न खोज्दा नियन्त्रणमा लिएको महानगरीय ट्राफिक महाशाखाका प्रहरी वरिष्ट उपरीक्षक भीमप्रसाद ढकालले जनाकारी दिए ।

ट्राफिक प्रहरीले आवश्यक अनुसन्धान र थप कारबाहीका लागि घुस रकम, सवारी साधन र चालकलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।