काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकलहरू सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाबाट सादा पोसाकमा खटाइएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरू लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
आज श्याम बहादुर खाती, बालकृष्ण श्रेष्ठ, दिपेन्द्र कुँवर, रीना मगर, सञ्जय महतो, धन कुमार चेम्जोङ, विश्व कुमार बस्नेत, रोजन श्रेष्ठ, अनिल थापा, पुरन राई, राम कुमार थापा, मिलन सुनुवार (सिन्धुली), संघर्ष स्वणकार, मिमांसा महर्जन, बम बहादुर विश्वकर्मा, अन्त प्रसाद श्रेष्ठ (पाल्पा), राम कुमार शाही, बेल बहादुर सिञ्जाली, दिपेन्द्र प्रधान, नेश थापा, राधा कृष्ण थुवाजु, ओम कृष्ण खड्गी, राजकुमार कार्की, अनिल लामा, आशिष साँउद, राज कुमार मगर, बिक्रम के।सी।, गणेश कुमार गिरी, वोजराज श्रेष्ठ र कुमार तामाङका मोटरसाइकलहरू जिम्मा लगाएको हो ।
उपत्यकाका म्हैपी, बालकोट, कीर्तिपुर, ठमेल, सिनामंगल, बसून्धारा, नयाँ बजार, बानियाँटार, चोभार, कपन, बुढानीलकण्ठ, गोकर्णेश्वर, ठमेल, कुमारीपाटी, नयाँ बसपार्क, केशरमहल, न्यूरोड, टोखा, पुरानो बानेश्वर, ठमेल, ट्रमा सेन्टर, न्युरोड, महाराजगंज, नयाँबस्ती, कीर्तिपुर, पशुपती पार्किङ, मण्डिकाटार, भिमसेनगोला र चावाहिल लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धीत धनिलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाएका थिए ।
प्रमुख ढकालले भने, ‘पार्किङ्ग स्थल, समारोह, अस्पताल लगायत एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको कम्पाउण्ड तथा गेट बाहिर, लामो समय सम्म पार्किङ्ग गरिने स्थानहरुमा असुरक्षित पार्किङ्ग गरेर, अतिरीक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अबस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापार्वाही गरेर मोटरसाईकल बढी चोरी हुन्छन् ।’
उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न ढकालले सुझाव दिए ।
महाशाखाले यस आ.व. ०७६र०७७ मा मात्रै चोरी भएका ३०८ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।




प्रतिक्रिया