अब ट्राफिक आइल्याण्डमा फूल फुलाइने, बन्याे साढे २० लाखकाे परियाेजना


काठमाडौं—काठमाडौं महानगरका ट्राफिक आइल्याण्डमा एरोपोनिक प्रणाली जडान गरेर बाह्रै महिना फूल फुलाउन महानगर, नबिल बैङ्क र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको छ ।

नयाँ सडक गेट अगाडि पूर्व तर्फ र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फ गरी पहिलो चरणमा दुईवटा आइल्याण्डमा यो प्रणाली जडान गरिनेछ । शुक्रबार सम्पन्न सम्झौता पत्रमा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्की, नबिल बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अनिलकेशरी शाह र एरोरुटकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बिप्लव सिंहले हस्ताक्षर गरे। महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको रोहबरमा सम्पन्न सम्झौताबमोजिम अबको ९० दिनभित्र प्रणाली जडान गरी फूल फुलाइनेछ ।

सम्झौताबमोजिम ट्राफिक आइल्याण्डहरुमा फूल फुलाउन एरोपोनिक प्रणाली विकास तथा जडान गर्ने, नियमित रुपमा फूल फुलाउने, मलजल गर्ने, आवश्यक मर्मत संभार गर्ने आदि मुख्य काम एरोरुटले गर्नेछ । यो कामका लागि आवश्यक पर्ने लगानी तथा सञ्चालन खर्च नबिल बैङ्कले व्यहार्नेछ । प्रणाली जडान गर्ने ठाउँ उपलब्ध गराउने, जडान भएको प्रणालीको संरक्षण गर्ने तथा अन्तरनिकाय समन्वय गराउने काम महानगरले गर्नेछ ।

सम्झौता पत्रमा हस्ताक्षरपछि बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — ठाउँ ओगटेर आफ्नो प्रचार सामाग्री राख्ने तर आइल्याण्डको व्यवस्थापनमा काम नगर्ने बिगतका कुनै पनि सम्झौता नविकरण नगर्ने बताउनुभयो । हामी परिणाम चाहन्छौं । यसका लागि श्रोत खर्च गर्न तयार छौं । साझेदारिताका लागि पनि हामी खुल्ला छौं । तर, राम्रो योजना देखाएर ठाउँ लिने अनि आइल्याण्डलाई अलपत्र पार्ने कसैसँग पनि सहकार्य हुन सक्दैन । मेयर शाक्यले थप्दै भने — परम्पराभन्दा माथि उठेर प्रबिधिको प्रयोगबाट परिणाम ल्याउन सकिन्छ कि, यो अभ्यासमा लागेका छौं । यो सफल भयो भने अन्य निकायसँग मिलेर सहरका सबै आइल्याण्डलाई आकर्षक बनाउँछौं ।

जमिन मुनिको ट््याङ्कीमा राखिएको पौष्टिक पानीलाई अल्ट्रा हाइ प्रेस पम्पबाट तानेर जमिन माथि रहेको फूलको स्तम्भ पानी छर्किने प्रणाली एरोपोनिक बिधि हो । माटोबिना बिरुवा हुर्काउने बिधि यो प्रणाली जेठ २२ गते राष्ट्रिय सभा गृहमा आयोजना गरिएको स्मार्ट सहरी प्रबिधि प्रतिस्पर्धाका अवसरमा प्रदर्शन गरिएको थियो । द नेसनल एरोनटिक एण्ड स्पेस (नासा) ले आबिष्कार गरेको बिजुलीबाट चल्ने यो प्रणालीमा बिरुवाका लागि आवश्यक पर्ने पानी, पौष्टिक तत्व र अक्सिजन हुस्सुको फर्ममा जरासम्म पु¥याइन्छ । माटोमा हुर्कने बिरुवाले माटेमा भएको ठोस मल प्राप्त यसको प्रवर्धन गरिरहेको एरोरुट कम्पनीले नेपालमा २५ प्रकारका तरकारी र फलफुल फलाएको जनाएको छ ।

यो प्रणाली जडान भएर फूल फुलेको प्रतिवेदन प्राप्त भएको मितिले २ बर्षसम्म सञ्चालन, व्यवस्थापन, नियमित मलजल, संरक्षण तथा संभार गर्ने काम एरो रुटले गर्नेछ । प्रणाली जडान गर्न २० लाख ७९ हजार रुपैयाँ, पहिलो बर्षको बार्षिक सम्भार खर्च ८ लाख ८४ हजार रुपैयाँ र दोश्रो वर्षको वार्षिक सम्भार खर्च १० लाख २८ हजार रुपैयाँ नबिल बैङ्कले एरोरुटलाई उपलब्ध गराउनेछ । सम्भार खर्चको गणना प्रतिवेदन प्राप्त भएको मितिदेखि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement