काठमाडौं । नजिकिँदै गरेको चाडपर्व लक्षित गर्दै ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ५०० जना ट्राफिक स्वयम्सेवक परिचालन सुरु गरेको छ ।
ले उपत्यकामा ट्राफिक जाम हुने र पैदल यात्रुको ओहोरदोहोर बढी हुने स्थानमा स्वम्सेवक परिचालन सुरु गरेको हो ।नजिकिँदै गरेको दसैं, तिहार, छठलगायतका चाडपर्वमा सवारी र पैदलयात्रुको आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा कार्यरत ५०० युवा परिचालन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।
सरकारको ‘युवा परिचालन वर्ष– ०७६’ अन्तर्गत महाशाखा र राष्ट्रिय युवा परिषद्को आयोजनामा ट्राफिक व्यस्थापनका लागि महाशाखाले ५०० युवा स्वयम्सेवक परिचालन गरेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको आइतबार महाशाखाले आयोजना गरेको कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सवेन्द्र खनालसहित उपत्यकाका विभिन्न प्रहरी कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।




प्रतिक्रिया