काठमाण्डु – बाटोमा हिडिरहेका डाक्टरलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।
ललितपुरको एकान्तकुनामा पैदल हिँडिरहेका पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई कुट्ने ट्राफिक प्रहरी जवान राजेन्द्र थापा निलम्बनमा परेका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले प्रहरी जवान र चिकित्सकको बिचमा सहमति नभएपछि थापालाई कारबाही गरिएको जानकारी दिए ।
चेकिङमा रहेका ट्राफिक प्रहरी जवान थापाले आईतबार राति पौने ९ बजेतिर घिसिङलाई कुटपिट गरेका थिए । ‘किन ढेसिएर हिँडेको’ भन्दै जवान थापाले निहुँ खोजेपछि विवाद हुँदा कुटपिट गरेका भएका एसपी शर्माले जानकारी दिए ।




प्रतिक्रिया